काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो अर्थनीति सामाजिक बजार अर्थतन्त्रमा आधारित हुने प्रस्ताव गरेको छ ।
चितवनमा जारी पहिलो महाधिवेशमा पार्टी उपसभापति डा. स्वर्णिम वाग्लेले पेश गरेको दस्तावेजनमा रास्वपाको अर्थनीतिको ढाँचा ‘सामाजिक बजार अर्थतन्त्र’ हुने उल्लेख गरेका छन् ।
अर्थमन्त्रीसमेत रहेका डा.वाग्लेले पेश गरेको अर्थराजनीतिक दस्तावेजमा भनिएको छ,“हामी उदार अर्थतन्त्रमा पनि व्यापक विविधता भएको पाउँछौँ । तदनुरूप रास्वपाको मोडेल पनि सामाजिक बजार अर्थतन्त्रको खाकाभित्र नेपालको धरातीय यथार्थमा टेकेको हुनेछ ।”
डा. वाग्लेले पेश गरेको अर्थराजनीतिक दस्तावेजमा उद्यमशीलतालाई प्रतिस्प्रधात्मक एवं परिणाममूलक बनाउन बलियो र स्वच्छ नियमनकारी राज्यसंयन्त्र अनिवार्यत सर्त भएको उल्लेख गरेका छन् ।
उनले भनेका छन्,“ उदार अर्थतन्त्र भनेको छाडा अर्थतन्त्र होइन । विधिको लगाम नलगएसम्म उद्योगी व्यपारीहरू ‘रेन्ट सिकिङ्’को घेराबाट बाहिर निस्केर विशाल महत्वकाङ्क्षा बोक्न सक्दैनन र राष्ट्रिय पुँजी निर्माण हुँदैन ।”
राज्यले बलियो नियमनकारी भूमिका ननिभाउँदा बजारमुखी अर्थतन्त्रमा विकृति आउने दस्तावेजमा उल्लेख छ । बजारलाई बेलगाम नछोड्ने रास्वपाको नीति देखिन्छ ।
दस्तावेजमा भनिएको छ,“ अर्थशास्त्रीहरू बजारलाई बेलगाम छोड्नुहुन्न भन्छन्, किनकि बजार अर्थतन्त्र स्वनिर्मित हुन्न, निजी सम्पत्तिको सुरक्षाको प्रत्याभूति सरकारले नै गर्नुपर्छ, बजार अर्थतन्त्र स्वनियमित हुँदैन, उपक्ताको हितलगायत पर्यावरण र एकाधिकारविरोधी निकाय सरकारले नै चलाउनपर्छ, बजार अर्थतन्त्र स्ववैध हुन्न, धान्न सकिने वितरणमुखी सामाजिक सुरक्षाका कार्यक्रमले नै बजारका नतिजालाई न्यायमुखी बनाउँछ, बजार अर्थतन्त्र स्वस्थिर बनाउन विशिष्ट सार्वजनिक अंग नै चाहिन्छ ।”
रास्वपाले ल्याएको यो नीति सन् १९४० को दशकमा जर्मनीनीबाट अभ्यासमा आएको हो । परम्पागत उदारबादीको परिमार्जित स्वरूप हो र यसले बजारमा राज्यको भूमिका समेत खोज्छ ।



प्रतिक्रिया दिनुहोस्