काठमाडौं । हरिप्रसाद फुयाँल ले न्यायपालिकाको स्वतन्त्रता कायम राख्न न्यायाधीशहरूको प्रयास मात्र पर्याप्त नहुने बताएका छन्। बुधबार काठमाडौंमा आयोजित व्यवसाय र मानव अधिकारसम्बन्धी राष्ट्रिय संवाद कार्यक्रममा बोल्दै उनले राज्यको औद्योगिक, व्यावसायिक र संस्थागत वातावरण पनि न्यायपालिकाको स्वतन्त्रताका लागि जिम्मेवार हुनुपर्ने बताए।
उनले कमजोर न्यायपालिकाले लगानी र उत्पादन दुवै प्रभावित हुने उल्लेख गर्दै निजी क्षेत्र, उद्योगी–व्यवसायी तथा तिनका संस्थाले न्यायिक प्रक्रियामा अनुचित प्रभाव पार्न नहुनेमा जोड दिए।
न्यायाधीश फुयाँलले अदालतलाई खतरा कार्यपालिका वा न्यायाधीशहरूबाट मात्र नभई व्यवसायिक क्षेत्रबाट पनि हुन सक्ने भन्दै यस विषयमा गम्भीर अध्ययन र छलफल गर्न राष्ट्रिय मानव अधिकार आयोग को ध्यानाकर्षण गराए।



प्रतिक्रिया दिनुहोस्