भेनेजुएलामा लगातार दुईओटा शक्तिशाली भूकम्प,ठुलो क्षतिको अनुमान


काठमाडौँ । भेनेजुएलामा लगातार दुइओटा शक्तिशाली भुकम्प गएको छ ।

अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार पहिलो ७.१ र लगत्तै ७.५ म्याग्निच्युटको भूकम्प गएको हो । भूकम्पले ठुलो क्षति पुराएको अनुमान गरिएको छ ।

भूकम्पको केन्द्रविन्द् राजधानी कराकसबाट करिब १६८ किलोमिटर (१०४ माइल) टाढा ।

गहिराइ २२ किलोमिटर (१४ माइल) थियो । भूकम्पले राजधानी काराकासमा ठुलो क्षति पुर्‍याएको छ ।

भेनेजुएलामा शक्तिशाली भूकम्पहरू आएपछि राजधानी कराकसमा भवनहरू भत्किएका छन् र मानिसहरू सडकमा निस्किएका छन्। गृहमन्त्रीले नागरिकलाई घर छोड्न आग्रह गरेका छन्।

अमेरिकी भूगर्भ सर्वेक्षणले मृत्यु सङ्ख्या १०,००० भन्दा बढी हुने सम्भावना ४४% रहेको बिबिसीले जनाएको छ ।

भेनेजुएलाले राष्ट्रिय बिदा मनाइरहेको बेला, स्थानीय समय अनुसार साँझ ६ः०४ बजे भूकम्प गएको थियो । बिदाको समयमा धेरै मानिसहरू घरमै भएकाले क्षति अझ बढी हुन सक्ने अनुमान गरिएको छ ।

भूकम्प कराकसको पश्चिम क्षेत्रमा गएको थियो, जसको प्रभाव देशभरि र टाढा कोलम्बियाको बोगोटासम्म महसुस गरिएको थियो ।