काठमाडौँ । प्रतिनिधि सभाको बैठकमा महालेखा परीक्षकको ६३ औँ वार्षिक प्रतिवेदन, २०८३ पेश गरिएको छ ।
आइतबारको बैठकमा सभामुख डोलप्रसाद अर्यालले बैठकको कार्यसूचीअनुसार प्रतिवेदन पेश गर्न अनुमति दिएपश्चात प्रधानमन्त्री बालेन्द्र साहको तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले उक्त प्रतिवेदन सदनसमक्ष प्रस्तुत गरेकी हुन्।
मन्त्री गौतमले नेपालको संविधानको धारा २९४ बमोजिम महालेखा परीक्षकको ६३ औँ वार्षिक प्रतिवेदन सदनमा पेश गरेकी हुन् ।



प्रतिक्रिया दिनुहोस्