काठमाडौँ । भन्सार विभागका महानिर्देशक श्यामप्रसाद भण्डारी अर्थ मन्त्रालय तानिएका छन् ।
सोमबार अर्थमन्त्री स्वर्णिम वाग्लेको मन्त्रिस्तरीय निर्णयबाट भण्डारीलाई अर्थ मन्त्रालयमा तानिएको हो । विभागको निमित्त महानिर्देशकको जिम्मेवारी भरतमणि पाण्डेलाई दिइएको छ ।
यसअघि जेठ १५ आसपास रसुवा भन्सारबाट भएका गाडी जाँचपासमा त्रुटि देखिएपछि अर्थ मन्त्रालयले तत्कालीन रसुवा भन्सार प्रमुखसहित १३ कर्मचारीलाई कारबाही गरिएको थियो ।
भण्डारीले २०८२ भदौ १ गतेदेखि महानिर्देशकको जिम्मेवारी सम्हालेका थिए ।



प्रतिक्रिया दिनुहोस्