काठमाडौँ । मंगलबार छापावाल सुनको मूल्य तोलामा ४ हजार ५०० रूपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला २ लाख ८२ हजार ४०० रूपैयाँ रहेको छापावाल सुनको मूल्य मंगलबार २ लाख ७७ हजार ९०० रूपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै, चाँदीको मूल्य प्रतितोला २५ रूपैयाँले घटेर ४ हजार २८५ रूपैयाँ कायम भएको छ ।



प्रतिक्रिया दिनुहोस्