टोखा रोडमा नयाँ शोरूमसँगै काठमाडौँमा कजारिया रमेश टायल्सको बजार विस्तार


काठमाडौं । कजारिया रमेश टायल्स लिमिटेडले काठमाडौँको टोखा रोडमा शोरूम सञ्चालनमा ल्याई उपत्यकामा आफ्नो रिटेल सञ्जाललाई थप विस्तार गरेको छ ।

जगदम्बा इन्टरनेसनलसँगको सहकार्यमा व्यवस्थापन गरिएको यस नयाँ शोरूमले स्थानीय घरधनी, निर्माण व्यवसायी र इन्टेरियर डिजाइनरहरूलाई लक्षित गर्दै विश्वस्तरीय ब्राण्डका फ्लोर र वाल टायलहरूको विस्तृत दायरा सिधै स्थानीय समुदायसम्म पु¥याउने उद्देश्य राखेको छ ।

आधुनिक र ग्राहक–मैत्री ढाँचामा व्यवस्थित गरिएको यस शोरूमलाई ग्राहकहरूले सहज र उत्कृष्ट सपिङको अनुभव लिन सक्ने गरी डिजाइन गरिएको जनाइएको छ । आउने ग्राहकहरूले विभिन्न टायल्सका डिजाइनहरू प्रत्यक्ष स्पर्श गरी हेर्न, महसुस गर्न र परिकल्पना गर्न सक्नेछन् ।

यसले गर्दा ग्राहकहरूलाई आफ्ना व्यक्तिगत वा व्यावसायिक परियोजनाका लागि विभिन्न टेक्सचर, प्याटर्न र साइजहरू प्रत्यक्ष रूपमा हेरेर आफ्नो रोजाइ अनुरूपको उत्कृष्ट टायल छनोट गर्न सजिलो हुने उल्लेख गरिएको छ ।

उद्घाटनका क्रममा कजारिया रमेश टायल्स लिमिटेडका निर्देशक हिमांशु अग्रवालले भने, “जगदम्बा इन्टरनेसनलसँगको हाम्रो यो सहकार्य टोखा रोड र यस आसपासका तीव्र रूपमा विकास भइरहेका क्षेत्रहरूमा सेवा प्रदान गर्ने हाम्रो प्रतिबद्धताको प्रतीक होे । हाम्रा विश्वस्तरीय कलेक्सनहरू स्थानीय बासिन्दाहरूको पायक पर्ने स्थानमा ल्याएर हामी उहाँहरूको घर निर्माण र मर्मतसम्भारको यात्रालाई सहज बनाउन चाहन्छौं, जसले गर्दा उहाँहरूले आफ्नो ठाउँलाई उत्कृष्ट बनाउन भरपर्दो गुणस्तर र आधुनिक डिजाइनहरू प्राप्त गर्न सक्नुहुनेछ ।”

यो शोरूम अहिले सर्वसाधारणका लागि पूर्ण रूपमा खुला भइसकेको छ ।

कजारिया रमेश टायल्स लिमिटेडले उन्नत प्रविधि र विश्वस्तरीय मापदण्ड अनुरूप देशकै सबैभन्दा ठूलो टायल उत्पादन उद्योग स्थापना गरी नेपालको टायल उद्योगलाई नयाँ परिभाषा दिएको छ । कम्पनीको बजार नेतृत्व विभिन्न अन्तर्राष्ट्रिय उपलब्धिहरूबाट थप सुदृढ बनेको छ, जसमा सुपरब्राण्ड २०२५ को उपाधि, ’एशियाज् मोस्ट प्रमिसिङ ब्रान्ड’ को मान्यता तथा विश्वका शीर्ष ८ टायल उत्पादकमध्ये एकका रूपमा स्थापित हुनु समावेश छन् ।