घट्यो सुनचाँदीको मूल्य


काठमाडौँ । बुधबार छापावाल सुनको मूल्य तोलामा ६०० रूपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला २ लाख ७७ हजार ९०० रूपैयाँ रहेको छापावाल सुनको मूल्य बुधबार २ लाख ७७ हजार ३०० रूपैयाँ कायम भएको छ ।

यस्तै, चाँदीको मूल्य प्रतितोला १५ रूपैयाँले घटेर ४ हजार २७० रूपैयाँमा कारोबार भइरहेको छ ।