पोखरा महानगरको ७.१५ अर्बको बजेट पारित


काठमाडौँ । पोखरा महानगरपालिकाको १९औँ नगर सभाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ७ अर्ब १५ करोड २५ लाख रुपैयाँको बजेट सर्वसम्मतिले पारित गरेको छ।

बुधबार बसेको नगर सभाले उपप्रमुख मञ्जुदेवी गुरुङले प्रस्तुत गरेको बजेट, नीति तथा कार्यक्रम अनुमोदन गरेको हो। बजेटमध्ये ५५.१५ प्रतिशत चालु र ४४.९५ प्रतिशत पुँजीगत खर्चका लागि विनियोजन गरिएको छ।

महानगरले संघीय र प्रदेश सरकारको अनुदान, राजस्व बाँडफाँड तथा आन्तरिक स्रोतबाट बजेट व्यवस्थापन गर्ने जनाएको छ। सभाले आर्थिक विधेयक–२०८३, विनियोजन विधेयक–२०८३ तथा न्यायिक समिति र सार्वजनिक लेखा समितिका वार्षिक प्रतिवेदनसमेत पारित गरेको छ।