काठमाडाैँ । नेकपा (एमाले)का सांसद गुरु बरालले सम्पती शुद्धीकरण (मनि लाउण्डरिङ) निवारण विधेयक सरकारले पर्याप्त तयारीबिनै हतारमा ल्याएको टिप्पणी गरेका छन् ।
प्रतिनिधि सभाको बिहीबारको बैठकमा सम्पती शुद्धिकरण (मनि लाउण्डरिङ) निवारण (तेस्रो संशोधन) विधेयक, २०८३ माथि संशनेधन प्रश्ताव प्रश्तुत गर्दै उनले यस्तो टिप्पणी गरेका हुन् ।
उनले २०६४ देखि कार्यान्वयनमा रहेको ऐनबाट प्राप्त अनुभवका आधारमा विधेयकलाई समृद्ध बनाएर ल्याउनुपर्नेमा सरकारले तथ्यको तोडमोड गरी विधेयक ल्याएको टिप्पणी गरे ।
उनले भने, “यो विधेयक हतारोमा आएको छ । सरकारले विधेयकमा पर्याप्त तयारी गरेको छैन । यो ऐन २०६४ देखि हालसम्म आउँदा यसले हामीलाई थुप्रै ज्ञान दिइसकेको छ । यी सबै कुराहरुलाई व्यवस्थापन गरेर अब बन्न भविष्यमा कुनै फरक नपरोस् भन्नको खातिर यो विधेयकको आवश्यकता थियो । तर अहिले यो अत्यन्त हतारोमा ल्याइएको जस्ता हामीलाई लागेको छ । माननीय सदस्यहरुले हेर्न सक्नुहुन्छ । प्रश्तावमा महान्यायधिवक्ताको सिफारिस भनिएको छ, फेरि तीन महलेमा हटाइएको छ । यो कुराले पनि विधेयकमा धेरै कमजोरीहरु छन् । हामी सम्पती शुद्धीकरणको विषयलाई गम्भीरतापूर्वक लिन चाहन्छौँ । यो देशलाई भ्रष्टाचारमुक्त र सुशासनयुक्त बनाउने संकल्प गर्न चाहन्छौँ । यस अर्थमा नेकपा (एमाले) यसको पक्षमा उभिन्छ तर हतारोमा ल्याउने र तथ्यमा त्रुटी गर्ने कुरा गलत छन् सच्याइयोस् ।”
उनले सम्पती शुद्धीकरण नियन्त्रणको विषयलाई गम्भीर रूपमा लिनुपर्नेमा जोड दिँदै भ्रष्टाचारमुक्त र सुशासनयुक्त राज्य निर्माणका लागि एमाले विधेयकको पक्षमा रहे पनि तथ्यगत त्रुटी सच्याउन सरकारसँग माग गरे ।



प्रतिक्रिया दिनुहोस्