काठमाडौँ । नेपाल राष्ट्र बैंकले २५ अर्ब रूपैयाँको नेपाल राष्ट्र बैंक ऋणपत्र जारी गर्ने भएको छ ।
राष्ट्र बैंकले बोलकबोलको माध्यमबाट एक वर्ष अवधिको लागि नेपाल राष्ट्र बैंक ऋणपत्र २०८४ ‘ग’ जारी गर्ने भएको हो ।
ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुनेछ भने राष्ट्र बैंकले २०८४ असार १९ गते साँवा भुक्तानी गर्ने जनाएको छ । यस्तै यसको ब्याज भुक्तानी अर्धवार्षिक रूपमा गर्ने छ ।
ऋणपत्रको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था (काउण्टरपार्टी) मात्र
सहभागी हुन पाउने छन् ।



प्रतिक्रिया दिनुहोस्