काठमाडौँ । शुक्रबार छापावाल सुनको मूल्य तोलामा ७ हजार २०० रूपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार विहीबार प्रतितोला २ लाख ८३ हजार ५०० रूपैयाँ रहेको छापावाल सुनको मूल्य शुक्रबार २ लाख ९० हजार ७०० रूपैयाँ कायम भएको छ ।
यस्तै, चाँदीको मूल्य प्रतितोला १६५ रूपैयाँले बढेर ४ हजार ६१५ रूपैयाँमा कारोबार भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस्