इप्पानले टुङ्ग्यायो विभिन्न समिति, उप समितिका संयोजक र सदस्य


काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) विभिन्न समिति तथा उपसमिति गठन गरेको छ ।

धुलीखेलमा शनिबार बसेको दोस्रो केन्द्रीय कार्यकासमिति बैठकले विभिन्न समिति तथा उपसमिति गठन गरेको हो ।

इप्पानले उठाउँदै आएका र आगामी दिनमा उठाउने ऊर्जासँग सम्बन्धित विषयवस्तुहरुबारे इप्पानको आफ्नो नीति निर्माण र कार्यान्वयनका लागि स्पष्ट धारणासहित कार्ययोजना निर्माण गरी विभिन्न गतिविधिहरु अघि बढाउन भन्दै इप्पानले समिति गठन गरेको हो ।

समिति तथा उप समितिका संयोजकलाई १५ दिनभित्र कार्यविधिको मस्यौदा बनाएर पेश गर्न जिम्मेवारी दिइएको छ ।

इप्पानका वरिष्ठ उपाध्यक्ष उत्तम ब्लोन लामाले नीति निर्माण तथा विद्युत व्यापार समिति संयोजक बनेका छन् ।

यसमा विक्रम बिष्ट, हिमप्रसाद पाठक, नरेन्द्रवल्लव पन्त, सुसन कर्माचार्य, उत्तर कुमार श्रेष्ठ, टिएन आचार्य, अनुप आचार्य र जगत बहादुर पोखरेल सदस्य रहेका छन् । नीति निर्माण तथा विद्युत् व्यापार समितिलाई पदाधिकारीसमेत समावेश गरेर शक्तिशाली बनाइएको छ ।

ऊर्जा मन्त्रालय तथा भवन निर्माण समितिको जिम्मेवारी नरेन्द्रबल्लभ पन्त संयोजक बनेका छन् भने टिएन आचार्य, शंकर बस्याल, अनुप आचार्य र नारायण कडेंललाई सदस्य बनाइएको छ ।

नेपाल विद्युत् प्राधिकरण समन्वय समितिको संयोजकमा उत्तरकुमार श्रेष्ठ र सदस्यमा सुमनकुमारी जोशी, ईशा श्रेष्ठ र जगदिश शिवाकोटी छन् ।

यस्तै धितोपत्र तथा नेप्से समन्वय समितिको संयोजकमा हिमप्रसाद पाठक बनाइएको छ भने सदस्यहरूमा कबिता पोखरेल, सुमनकुमारी जोशी र कदम केसी छन् ।

विद्युत् विकास विभाग समन्वय समितिको संयोजक विक्रम विष्ट र सदस्यहरूमा कुबेरमणी नेपाल, संगीता धमला र जगत बहादुर पोखरेल छन् ।

वन, वातावरण तथा भूमिसुधार समन्वय समिति संयोजकको जिम्मेवारी सुसन कर्माचार्यलाई दिइएको छ भन भने बिजय मोहन भट्टराई, शंकर बस्याल र प्रतिमा ज्ञवालीलाई सदस्य बनाइएको छ ।

इप्पानले सोलार, हाइड्रोजन, कार्बन व्यापार तथा फ्राईडे फोरम समितिको संयोजक कुबेरमणि नेपाल र सदस्यमा जगत बहादुर पोखरेल, ज्योती गैरे, मिलन खड्का र वर्णन लामिछाने मनोनयन गरेको छ ।

बैक, वित्तीय संस्था तथा बिमा समन्वय समिति संयोजक संयोजक सुमनकुमारी जोशी बन्दा संयोजकमा बिजय मोहन भट्टराई, कदम केसी र नारायण कँडेल छन् ।

विद्युत् नियमन आयोग समन्वय उपसमिति संयोजकमा बलराम खतिवडा छन् भने कृष्ण घिमिरे सदस्य छन् । अन्य सदस्य पछि मनोनयन गर्ने इप्पानले जनाएको छ ।

प्रदेश, सङ्गठन तथा सचिवालय समिति संयोजक महासचिव टिएन आचार्य बनेका छन् भने सदस्यमा कविता पोखरेल, बिजय मोहन भट्टराई, कुबेरमणि नेपाल, अभिज्ञा मल्ल, सुमनकुमारी जोशी र ईशा श्रेष्ठ छन् ।

महिला समितिको संयोजकमा कविता पोखरेल र सदस्यमा अभिज्ञा मल्ल, सुमनकुमारी जोशी, ईशा श्रेष्ठ, ज्योती गैरे, प्रतिमा ज्ञवाली र संगीता धमला छन् ।

लेखा तथा कोष समितिमा संयोजक शंकर बस्याल र सदस्य नारायण कडेंल, जगदिश शिवाकोटी र मिलन खड्का छ् ।

आचार संहिता तथा सुशासन उपसमितिको संयोजक प्रकाशचन्द्र दुलाल पाउँदा सदस्यमा दिपक पौडेल छन् भने अन्य ९सदस्यहरू पछि मनोनयन गर्ने इप्पानले जनाएको छ ।

प्राविधिक समन्वय उपसमितिको संयोजक कदम केसीलाई बनाइएको छ भने सदस्यमा ९६ जना दक्ष सिभिल, ईलेक्ट्रिकल र मेकानिकल ईञ्जिनियरहरू रहने गरी पछि मनोनयन गर्ने उल्लेख छ ।

अन्तर्राष्ट्रिय सम्बन्ध तथा इभेन्ट व्यवस्थापन उपसमिति संयोजकमा आनन्द चौधरी र सदस्यमा अभिज्ञा मल्ल, सन्तोषकुमार नेपाल, सोमनाथ कडेंल, बाबुराम थापा, ईन्दिरा पन्त, यज्ञ सुवेदी, रामप्रसाद आचार्य र इ.मोहिता डाँगी छन् ।

युवा ऊर्जा उद्यमी उपसमितिमा संयोजक वर्णन लामिछाने र सदस्यहरूमा ऊर्जा क्षेत्रका सक्रिय ८ जना युवा उद्यमी पछि मनोनयन गर्ने निर्णय भएको इप्पानले जनाएको छ ।