कति छ सुनचाँदीको मूल्य ?


काठमाडौँ । आइतबार छापावाल सुनको मूल्य तोलामा ४०० रूपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला २ लाख ९० हजार ७०० रूपैयाँ रहेको छापावाल सुनको मूल्य आइतबार २ लाख ९० हजार ३०० रूपैयाँ कायम भएको छ ।

यस्तै, चाँदीको मूल्य प्रतितोला १० रूपैयाँले घटेर ४ हजार ६०५ रूपैयाँमा कारोबार भइरहेको छ ।