सरकारले निजी क्षेत्रका प्रतिनिधिलाई अपराधी सरह व्यवहार गरिरहेको छः सभापति थापा


काठमाडाैँ । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले सरकारले निजी क्षेत्रका प्रतिनिधिलाई अपराधी सरह व्यवहार गरिरहेको आरोप लगाएका छन् ।  

पार्टी केन्द्रीय कार्यालय सानेपा,ललितपुमा आयोजित कार्यक्रममा सभापति थापाले आर्थिक अपराधविरुद्ध सरकारले कानूनी ढंगले अघि बढाएको कारबाही प्रक्रियामा पार्टीको पूर्ण समर्थन भएपनि निजी क्षेत्रका प्रतिनिधि सबैलाई ठग जस्तो व्यवहार गरिएको भन्दै आपत्ति जनाए ।

उनले सुशासन र आर्थिक अपराधमा संलग्नलाई कारबाही गर्दा काँग्रेस व्यक्ति, नेता वा नातागोता नहेरी सरकारको समर्थन गर्ने समेत स्पष्ट पारे । तर सरकारले अपनाएको कार्यशैलीका कारण निजी क्षेत्र त्रसित बनेको उनको आरोप छ ।

निर्माण व्यवसायी, बैंकरलगायत निजी क्षेत्रमा कार्यरत व्यक्तिलाई ठगीको दृष्टिले हेर्ने भाष्य निर्माण गरिएको भन्दै उनले यस्तो प्रवृत्तिले मुलुकको लगानी र उद्यमशीलतामा नकारात्मक असर पारेको टिप्पणी गरे । उनले मुलुकमा भयको वातावरण सिर्जना भउकै कारण नयाँ व्यवसायहर शुरु गर्न कोही पनि तयार नरहेको टिप्पणी गरे ।

सभापति थापाले सरकारले न्युन, मध्यम तथा पुँजी परिचालन गर्नसक्ने व्यक्ति कसैमा पनि आत्मविश्वास ल्याउन नसकेको बताए।