काठमाडौँ । सरकारले इजाजतपत्र नवीकरण नगरेका ४४ निर्माण कम्पनी तथा फर्महरूको लाइसेन्स खारेज गरेको छ ।
निर्माण व्यवसाय ऐन २०५५ को दफा ५ को उपदफा ३ बमोजिम चैत मसान्तसम्म इजाजतपत्र नवीकरण नगरेका कम्पनी तथा फर्महरूको लाइसेन्स स्वतः खारेजीमा परेको पूर्वाधार विकास मन्त्रालयले जनाएको छ ।
खारेजीमा पर्नेमा ‘क’ वर्गका ७, ‘ख’ वर्गका ५ र अन्य ३२ ‘ग’ वर्गका निर्माण कम्पनी तथा फर्महरू छन् ।
सञ्चालनको अनुमतिपत्र खारेजीमा परेका ’क’ वर्गका कम्पनीमा काठमाडौंका जेयी कन्स्ट्रक्सन, सिद्धिसाई प्रकाश कन्स्ट्रक्सन, सप्तकोसी जलाधार निर्माण कम्पनी, ललितपुरको चेतना कन्स्ट्रक्सन, हेटौंडाको जनमुखी कन्स्ट्रक्सन, चितवनको नेपाल बिल्डर्स र जनकपुरको इन्फ्रास्ट्रक्चर एस एन्ड बी बिल्डर्स रहेका छन् ।
‘ख’ वर्गका कम्पनीमा हेटौंडाको स्वस्तिक श्री विनायक कन्स्ट्रक्सन, धरानको पूर्णदीप निर्माण सेवा, पोखराको आहा कन्स्ट्रक्सन, झापाको क्याल्मिन कन्स्ट्रक्सन र रोल्पाको नेपाल मदर कन्स्ट्रक्सन छन् ।
लाइसेन्स खारेज कम्पनी तथा फर्महरूको सूची


प्रतिक्रिया दिनुहोस्