मोबाइल ब्रान्ड ‘अनर’द्वारा अनर ६०० र अनर ६०० प्रोमा उपलब्ध उपहार अफरको अवधि थप


काठमाडौँ । चर्चित मोबाइल ब्रान्ड ‘अनर’ले आफ्ना लोकप्रिय स्मार्टफोनहरू अनर ६०० र अनर ६०० प्रोमा उपलब्ध विशेष उपहार अफरको अवधि थप गरेको छ ।

ग्राहकहरूले आधुनिक कृत्रिम बौद्धिकता (एआई) प्रविधियुक्त स्मार्टफोनहरू खरिद गर्दा आगामी साउन १६ गते (जुलाई ३१, २०२६)सम्म आकर्षक निःशुल्क उपहार पाउने कम्पनीले जनाएको छ ।

यस योजना अन्तर्गत अनर ६०० ५जी वा अनर ६०० प्रो ५जी किन्ने प्रत्येक ग्राहकले रु. १५,९९९ मूल्य पर्ने ‘अनर च्वाइस वाच २ प्रो’ स्मार्टवाच पूर्ण रूपमा निःशुल्क प्राप्त गर्नेछन् ।

अनर ६०० सिरिजका मुख्य विशेषताहरूमा उत्कृष्ट क्यामेरा र एआई फोटोग्राफी र भिडियोग्राफीलाई उत्कृष्ट बनाउन ‘एआई इमेज टु भिडियो २.०’ राखिएको छ ।

यस्तै अत्याधुनिक एआई सम्पादन सुविधा र फ्ल्यागसिप स्तरको क्यामेरा प्रणाली राखिएको छ ।

अनर ६०० ५जी मा ७,००० एमएएचको अत्याधुनिक सिलिकन–कार्बन ब्याट्री, स्न्यापड्रैगन ७ जेन ४ प्रोसेसर र आकर्षक एमोलेड डिस्प्ले रहेको कम्पनीले जनाएको छ । यसले इन्टरनेट चलाउन, गेम खेल्न र दैनिक कामहरू सहज रूपमा गर्न मद्दत पु¥याउँने विज्ञप्तिमा उल्लेख छ ।

उपहारमा पाइने रु. १५,९९९ मूल्यको ‘अनर च्वाइस वाच २ प्रो’ मा प्रिमियम एमोलेड डिस्प्ले, ब्लुटुथ कलिङ (घडीबाटै फोनमा कुरा गर्न मिल्ने), स्वास्थ्य तथा फिटनेस ट्र्याकिङ (स्वास्थ्य निगरानी) र लामो समयसम्म टिक्ने ब्याट्री ब्याकअप जस्ता सुविधाहरू रहेको कम्पनीले जनाएको छ । यो स्मार्टवाच अनर ६०० सिरिजका फोनहरूसँग प्रयोग गर्न निकै उपयोगी हुने कम्पनीले दाबी छ ।