इरानमाथि अमेरिकी सेनाको लगातार नवौँ रात हवाई आक्रमण जारी


अमेरिकी सेन्ट्रल कमाण्डकाअनुसार अमेरिकी सेनाले आईतवार साँझ इरानमाथि लगातार नवौँ रात पनि हवाई आक्रमण गरेको छ । सामाजिक सञ्जाल एक्समार्फत जानकारी दिँदै सेन्ट्रल कमाण्डले पछिल्लो चरणको आक्रमण आइतबार स्थानीय समय अनुसार साँझ ७ बजे शुरु भएको जनाएको छ ।

“हर्मोज जलसन्धि भएर आवतजावत गर्ने व्यावसायिक जहाज र सर्वसाधारण नाविकहरूमाथि आक्रमण गर्न प्रयोग गरिने इरानी सैन्य क्षमतालाई क्षयीकरण गर्न यी आक्रमणहरू जारी रहनेछन्,” कमाण्डले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यसैगरी, इरानमाथि लगाइएको नौसैनिक नाकाबन्दीको पालना सुनिश्चित गराउने क्रममा अमेरिकी सेनाले आइतबारसम्म छ वटा व्यावसायिक जहाजहरूको मार्ग परिवर्तन गराउनुका साथै अर्को एक जहाजलाई नियन्त्रणमा लिएर निष्क्रिय पारेको समेत कमाण्डले जानकारी दिएको छ ।