महासङ्घको सामाजिक सेवा समिति एवं विपत तथा दैवी प्रकोप समितिले पूर्णता पायो, उपसभापतिमा खनाल


काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घको सामाजिक सेवा समिति एवं विपत् तथा दैवी प्रकोप समितिले पूर्णता पाएको छ ।

महासङ्घको केन्द्रीय कार्यकारिणी समिति सदस्य राजकुमार कार्कीले नेतृत्व गरेको सामाजिक सेवा समिति एवं विपद् तथा दैवी प्रकोप समितिले आज पूर्णता पाएको हो ।

उपसभापतिमा महासङ्घकै केन्द्रीय कार्यकारिणी समिति सभापति विश्वनाथ खनाल भएका छन् ।

सदस्यमा नपाल होस्टेल एसोसिएसनका अध्यक्ष नरेन्द्रबहादुर बोहोरा, चलचित्र निर्माता सङ्घका उदय सुब्बा, मुद्रण एसोसिएसनका इन्द्र महर्जन, ग्यास बिक्रेता महासङ्घका चन्द्र थापा, सौर्य व्यवसाय सङ्घका इन्द्र खनाल समिति सदस्यमा मनोनयन भएका छन् ।

यस्तै पनौती उद्योग वाणिज्य सङ्घबाट भोला थापा, ढुवानी व्यवसायी महासङ्घबाट सन्तबहादुर डुम्जन, रासायन तथा मेडिकल आपूर्ति सङ्घबाट उपाध्यक्ष विनोद मानन्धर मनोनयन भएका छन् ।

यस्तै डिजिटल कलर एसोसिएसनबाट दिनेश अर्याल, जिरी उद्योग वाणिज्य महासङ्घबाट मधुकमार कार्की, नेपाल अदुवा व्यवसायी सङ्घबाट हरि दाहाल,नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रल्हाद दाहाल पनि समिति सदस्यमा मनोनित भएका छन् ।

समितिमा सात जनालाई आमन्त्रित सदस्यमा मनोनयन गरिएको छ ।

नेपाल कुचाे सङ्घकी काेषाध्यक्ष रूष्मा खतिवडा, राफ्टिंग व्यवसायी सङ्घका गंगाप्रसाद नेपाल रामेछाप उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष आकाश रिजाल, मलंगवा उद्योग वाणिज्य सङ्घका अध्यक्ष बिरेन्द्रबहादुर शाह, गाेर्खा उद्योग वाणिज्य सङ्घका अध्यक्ष भगवानबहादुर मास्के, उद्योग वाणिज्य सङ्घ नवलपरासीका नरेन्द्र अग्रहरी, दार्चुला उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुरेश सिंह थापा आमन्त्रित सदस्य मनाेनित भएका हुन् ।

महासङ्घका पूर्वकार्यकारिणी समिति सदस्य अकोश शर्मा, मनोज अधिकारी र नेपाल रोडक्रस सोसाइटीका विपद व्यवस्थापन कार्यक्रम संयोजक भोजराज घिमिरे सल्लाहकारमा मनोनयन भएका छन् ।

समितिलाई पूर्णता दिनेक्रममा उद्योग वाणिज्य महासङ्घका कार्यवाहक अध्यक्ष सुरकृष्ण वैद्यले महासङ्भित्र एउटा सशक्त समिति बनेको भन्दै कुशलतापूर्वक जिम्मेवारी पुरा गर्ने विश्वास व्यक्त गरे ।

उपाध्यक्ष प्रवलजंग पाण्डेले उद्योगी व्यवसायीले नाफामात्रै कमाउछन् भन्ने धारणालाई छिरेर यो समितिले सामाजिक उत्तरदायित्वको काम पनि पुरा गर्छन् भन्ने सन्देश दिन समिति सफल हुने भन्दै शुभकामना दिए ।

समिति सभापति रामकुमार कार्कीले महासङ्घले आफूलाई ठुलो जिम्मेवारी दिएको भन्दै सामाजिक उत्तरदायित्व र विपदको क्षेत्रमा प्रभावकारी ढङ्गले काम गर्ने प्रतिबद्धता जनाए ।

उद्योग व्यवसायीे नाफामात्रै कमाउदैनन् सामाजिक उत्तरदायित्वको काम पनि पुरा गर्छन् भन्ने सन्देश प्रवाह गर्न आफ्नो तर्फबाट सक्दो प्रयास गर्ने र सबैबाट साथ पाउने विश्वास व्यक्त गरे ।

उपाध्यक्ष नरेशलाल श्रेष्ठ र काेपाध्यक्ष मनिषलाल श्रेष्ठसमेत उपस्थति रहेकाे समितिकाे कार्यक्रममा सदस्यहरूलाई मनाेनयन पत्रसमेत हस्तान्तरण गरिएकाे छ ।