काठमाडौँ । नेपाल माइक्रो इन्स्योरेन्स लिमिटेडका तत्कालीन प्रमुख कार्यकारी अधिकृत (सिइओ) मृगेन्द्र रिमाल पक्राउ परेका छन् ।
उनलाई बीमा ऐन, २०७९ र धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गतको कसूरमा पक्राउ गरिएको हो । उनी फरारको सूचीमा थिए ।
रिमाललाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले आज पक्राउ गरेको हो ।
उनलाई काठमाडौँको सिफलबाट पक्राउ गरी काठमाडौँ जिल्ला अदालत, बबरमहल उपस्थित गराईएको ब्युरोले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्