घुस लिएको आरोपमा आन्तरिक राजस्व कार्यालय लाहानका कर अधिकृत पक्राउ


काठमाडौँ । घुस लिएको आरोपमा आन्तरिक राजस्व कार्यालय लाहानका कर अधिकृत युवराज पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सेवाग्राहीसँग घुस लिइरहेको भन्दै पाललाई पक्राउ गरेको हो ।

आयोगको बर्दिवासबाट खटिएको टोलीले सेवाग्राीसँग घुस लिँदै गरेको अवस्थामा कर अधिकृत पाललाई पक्राउ गरेको आयोगका सूचना अधिकारी प्रकाश पोखरेलले जानकारी दिएका छन् ।

उनले लहानस्थित एक कम्पनीको कर परीक्षणमा सहज गरिदिने भन्दै सेवाग्राहीसँग घुस लिएको अख्तियारको आरोप छ ।