रास्वपा सभापति रवि लामिछानेद्वारा कोशी र मधेश प्रदेशका सांसदसँग छलफल


काठमाडौँ । तराइमा तनाव बढ्न थालेपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले कोशी प्रदेश र मधेशप्रदेशबाट प्रतिनिधित्व गर्ने सांसदहरूसँग छलफल गरेका छन् ।

हिजो सर्वदलीय बैठक राखेका सभापति लामिछानेले आज पार्टी संसदीय दलको कार्यालयमा कोशी र मधेशप्रदेशबाट प्रतिनिधित्व गर्ने सांसदसँग छलफल गरेका हुन् ।

मुख्य सचेतक कविन्द्र बुर्लाकोटाीले वर्तमान परिस्थितिबारे कोशी र मधेश प्रदेशका सांसदसँग छलफल भएको जनाएका छन् ।