२५ अर्ब रूपैयाँ निक्षेप संकलन गर्दै राष्ट्र बैंक


काठमाडौँ । शुक्रबार नेपाल राष्ट्र बैंकले २५ अर्ब रूपैयाँ निक्षेप संकलन गर्ने भएको छ । बैंक तथा वित्तीय संस्थाहरूमा अधिक तरलता भएपछि राष्ट्र बैंकले बोलकबोलको माध्यमबाट ६१ दिनको लागि निक्षेप संकलन गर्न लागेको हो ।

यसको सावाँब्याज राष्ट्र बैंकले २०८३ असोज १४ गते भुक्तानी गर्ने जनाएको छ ।

निक्षेप संकलन उपकरणको बोलकबोलमा “क”, “ख” र “ग” वर्गका बैंक तथा वित्तीय
संस्थामात्र सहभागी हुन पाउने छन् ।