स्मार्ट सेल प्रकरणमा दूरसञ्चार प्राधिकरणका पूर्व अध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ


काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले नेपाल दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष भूपेन्द्र भण्डारीलाई पक्राउ गरेको छ ।

सिआइबीले उनलाई स्मार्ट सेल घोटाला प्रकरणमा ललितपुर महानगरपालिका–२३ धापाखेलबाट पक्राउ गरेको हो ।

उनीमाथि स्मार्ट सेलको सम्पत्ति बेचेर राज्यलाई हानी नोक्सानी पुर्‍याएको आरोप छ ।

रेखा शर्मा सञ्चार तथा सूचना प्रविधिमन्त्री हुँदा सचिवालयमा विज्ञका रुपमा रहेका भण्डारी दूरसञ्चार प्राधिकरणको अध्यक्षमा नियुक्त भएका थिए ।