काठमाडौँ । साताको कारोबारको अन्तिम दिन सेयरबजारमा दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार शुक्रबार सेयर मापक सूचक नेप्से परिसूचक १२.९६ अंकले बढेर २६८५.५४ अंकमा पुगेको छ ।
आजको दिन नेप्सेमा कारोबार भएका कुल १३ उपसमुहमध्ये ११ ओटा उपसमुहको सेयरमूल्य बढेको छ भने २ ओटा उपसमुहको सेयरमूल्य घटेको छ ।
शुक्रबार नेप्सेमा रिडी पावर कम्पनीको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको १७ करोड २६ लाख ३१ हजार रूपैयाँ बढीको कारोबार भएको छ ।
आजको दिन नेप्सेमा एभरेष्ट कलर लिमिटेडका लगनीकर्ताले सबैभन्दा धेरै कमाएका छन्। कम्पनीको सेयरमूल्य १४.९९ प्रतिशतले बढेको छ ।
बोटलर्स नेपाल (तराई) का लगानीकर्ताहरूले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयरमूल्य ५.३३ प्रतिशतले घटेको छ ।
कुल ३३७ कम्पनीको ८८ लाख ५१ हजार २१६ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ७५ करोड ९७ लाख २२ हजार रूपैयाँभन्दा बढीको कारोबार भएको नेप्सेले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्