उपाध्यक्ष काफ्लेलाई धितोपत्र बोर्डको सञ्चालक समितिमा पठाउने आइक्यानको निर्णय


काठमाडौँ । नेपाल चार्टर एकाउन्टेन्ट्स संस्था(आइक्यान)ले उपाध्यक्ष हेमकुमार काफ्लेलाई धितोपत्र बोर्डको सञ्चालक समितिमा पठाउने निर्णय गरेको छ ।

गत शुक्रबार बसेको आइक्यानको परिषद् बैठकले उपाध्यक्ष काफ्लेलाई बोर्डको सञ्चालक समितिमा पठाउने निर्णय गरेको हो ।

धितोपत्र बोर्ड ऐनअनुसार आइक्यानको प्रतिनिधि बोर्डको सञ्चालक समिति सदस्यमा रहने व्यवस्था छ ।

आइक्यानले उपाध्यक्षलाई सञ्चालक समितिमा पठाउने गरेको छ ।

आइक्यानको गत असार ३२ गते भएको निर्वाचनमा काफ्ले उपाध्यक्षमा निर्वाचित भएका थिए ।

आइक्यानमा अध्यक्ष र उपाध्यक्षको कार्यकाल एकएक वर्षको रहने व्यवस्था छ । यसअघि तत्काली उपाध्यक्ष आनन्दराज वाग्लेले धितोपत्र बोर्डमा प्रतिनिधित्व गरेका थिए ।