सर्लाही । सर्लाहीको लालबन्दीस्थित पूर्वपश्चिम राजमार्गमा १०९ किलो गाँजासहित २ भारतीय नागरिक पक्राउ परेका छन् । सर्लाहीको लालबन्दी नगरपालिका–१ स्थित पूर्वपश्चिम राजमार्गमा सवारी जाँचका क्रममा प्रहरीले १०९ किलो गाँजासहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको हो ।
भारतीय नम्बर प्लेटको कारको डिक्कीमा लुकाइछिपाइ राखिएको २३ वटा पोकाबाट गाँजा बरामद भएको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेमा भारत, बिहारको सितामढी जिल्लाका २६ वर्षीय दीपक कुमार महतो र २५ वर्षीय अमन कुमार रहेका छन्। प्रहरीले गाँजा, कार तथा दुवै जनालाई नियन्त्रणमा लिएर लागूऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान अघि बढाएको जनाएको छ।


प्रतिक्रिया दिनुहोस्