चार जना सवार कार सुनकोशीमा खस्यो


काठमाडौँ । सुनकोशीमा खसेको कार खसेको छ । फिक्कल गाउँपालिका–२ नवलपुरमा कार सुनकोशी नदीमा खसेको सूचना आएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । कारमा ४ जना यात्रु सवार रहेको खुलेको छ ।

रामेछाप(सिन्धुली(ओखलढुङ्गाको सिमाना लिखु खोला नजिक सडकमा रोकिरहेको उक्त कारलाई बसले ठक्कर दिँदा नदिमा खसेको प्रत्यक्षदर्शीले जनाएका छन् । घटनास्थलमा प्रहरी स्थानीय खटिएपनि भेलका कारण उद्धारमा कठिनाई भएको प्रहरीले जनाएको छ ।