युनाइटेड अजोड इन्स्योरेन्स कम्पनीका सिइओ नारायण भट्टराईद्वारा राजीनामा


काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्स कम्पनीका सिइओ नारायण भट्टराईले राजीनामा दिएका छन् ।

गत वैशाख १३ गते मात्रै सिइओ नियुक्त भट्टराईले पदबाट राजीनामा दिएका हुन् ।

उनको राजीनामापछि डेपुटी सिइओ रेना रिजाललाई कायममुकाय सिइओ बनाईएको छ ।

कम्पनीको सञ्चालक समितिको सोमबार साँझ बसेको आकस्मिक बैठकले सिइओ भट्टराईले दिएको राजीनामा स्वीकृत गरी कामु सिइओको जिम्मेवारी दिने निर्णय गरेको हो ।