अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले २० ओटा वाणिज्य बैंकका सिइओसँग छलफल गर्दै


काठमाडौँ । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आज २० वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइयो)हरूसँग छलफल गर्दै छन् ।

बजेटले घोषणा गरेको आर्थिक सुधारका उपायहरूको कार्यन्वयनमा प्रमुख वित्तीय संस्थाहरुको भूमिका र वित्तीय बजारको वर्तमान अवस्थाबारे जानकारी लिन अर्थमन्त्री वाग्लेले वाणिज्य बैंकका सिइओहरूसँग छलफल गर्न लागेको उनको सचिवालयले जनाएको छ ।

अर्थमन्त्री वाग्लेले बजेट कार्यान्वयनका विषयमा विभिन्न क्षेत्रसँग निरन्तर छलफल गरिरहेका छन् ।

पछिल्लो समय बैंकमा पैसा थुप्रिरहेको र लगानी विस्तार हुन नसकिरहेको अवस्थामा अर्थमन्त्री वाग्लेले २० ओटा वाणिज्य बैंकका सिइओहरूसँग छलफल गर्न लागेका हुन् ।