काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा ४५ लाख १४ हजार बढी कित्ता सेयर थपिएको छ। नेप्सेमा नेपाल लाइफ इन्स्योरेन्सको बोनस सेयर सूचीकृत भएको हो। कम्पनीको ४५ लाख १४ हजार ३८१.६० कित्ता बोनस सेयर सूचीकृत भएको नेप्सेले जनाएको छ ।
कम्पनीले अघिल्लो आर्थिक वर्ष २०८२/८२ मा शेयरधनीहरुलाई ५ प्रतिशत बोनस सेयर र १६.०५ नगद लाभांश वितरण गरेको थियो। उक्त बोनस सेयर आज नेप्सेमा सूचीकृत भएको हो।


प्रतिक्रिया दिनुहोस्