काठमाडौँ । नेपाल राष्ट्र बैंकले ८५ अर्ब रूपैयाँको ३ महिने निक्षेप संकलन गर्ने भएको छ । बैंक तथा वित्तीय संस्थाहरूमा अधिक तरलता भएपछि राष्ट्र बैंकले बोलकबोलको माध्यमबाट ९० दिनको लागि निक्षेप संकलन गर्न लागेको हो ।
यसको सावाँब्याज राष्ट्र बैंकले २०८३ कात्तिक १७ गते भुक्तानी गर्ने जनाएको छ ।
निक्षेप संकलन उपकरणको बोलकबोलमा “क”, “ख” र “ग” वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउने छन् ।


प्रतिक्रिया दिनुहोस्