काठमाडौं । नेपाल बैंक लिमिटेडमा खाता रहेका ग्राहकहरू र बैकमा कार्यरत कर्मचारीहरूलाई काठमाडौँको नयाँबजारमा रहेको पिपल्स डेन्टल कलेज एण्ड हस्पिटल प्रा.लि र सो अन्तर्गत सञ्चालित जनरल अस्पतालमा समेतमा उपचार गर्दा लाग्ने शुल्कमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।
सम्झौताअनुसार बमोजिम पिपल्स डेन्टल कलेज एण्ड हस्पिटल प्रा.लि र सो अन्तर्गत सञ्चालित जनरल अस्पतालमा उपचार गर्दा नेपाल बैंक लिमिटेडमा खाता रहेका ग्राहकहरू र बैकमा कार्यरत कर्मचारीहरूले विरामी दर्ता र चेक अपमा १०० प्रतिशत सम्म र अस्पतालको विविध सेवाहरुमा लाग्ने शुल्कहरुमा १० देखी २० प्रतिशतसम्म छुट हुने भएकोे छ ।
सम्झौता पत्रमा बैकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत दीपेन्द्र राज काफ्ले र पिपल्स डेन्टल कलेज एण्ड हस्पिटल प्रा.लि तर्फबाट प्रबन्ध निर्देशक रोशन लुईटेलले हस्ताक्षर गरेका छन् ।
यसबाट नेपाल बैंक लिमिटेडमा खाता रहेका ग्राहकहरू र कर्मचारीहरुले पिपल्स डेन्टल कलेज एण्ड हस्पिटल प्रा.लि र सो अन्तर्गत सञ्चालित जनरल अस्पतालबाट प्रदान गर्ने उच्च स्तरीय उपचार सेवाबाट लाभान्वित हुन सक्नेछन् ।


प्रतिक्रिया दिनुहोस्