त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र प्रवेश गरी उद्धार कार्य अघि बढाउने प्रयास जारी


काठमाडौँ। त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको केबल आउटलेट टनेलबाट सुरुङभित्र प्रवेश गरी उद्धार कार्य अघि बढाउने प्रयास भइरहेको छ।

नेपाल विद्युत् प्राधिकरणका विज्ञ प्राविधिकसहित नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका सुरक्षाकर्मी तथा उद्धारकर्मीको टोली घटनास्थलमा खटिएको छ। सुरुङभित्र प्रवेशका लागि अवरोध बनेको संरचना हटाउने काम भएको छ।

उद्धार टोलीले सुरुङको क्राउन (माथिल्लो भाग) भेटिएको र त्यसलाई एक्साभेटर प्रयोग गरेर फुटाई खुलाउने कार्य अघि बढाएको छ। अवरोध हटाएर सुरुङमा सुरक्षित प्रवेशको अवस्था तयार भएपछि उद्धारकर्तालाई भित्र पठाउन पहल भइरहेको छ।