विशेष अदालतको आदेश उल्टियो,हिमालयन रिका तत्कालीन सञ्चालक गुप्तालाई धरौटीमा छोड्न सर्वोच्चको आदेश


काठमाडौँ । सम्पत्ति शुद्धिकरण मुद्दामा विशेष अदालतको आदेश उल्टाउँदै सर्वोच्च अदालतले हिमालयन रिइन्स्योरेन्सका तत्कालीन सञ्चालक रोहित गुप्तालाई धरौटीमा छोड्न आदेश दिएको हो सम्पत्ति शुद्धीकरण मुद्दामा थुनामा राख्ने विशेष अदालतको आदेश सर्वोच्च अदालतले बदर गर्दै २ करोड रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

न्यायाधीश हरिप्रसाद फुयाल र श्रीकान्त पौडेलको संयुक्त इजलासले गुप्तालाई २ करोड रुपैयाँ धरौटीमा छोड्न आदेश दिएको हो ।

सर्वोच्च अदालतले आर्थिक अपराधसम्बन्धी मुद्दामा प्रारम्भिक प्रमाणका आधारमा प्रतिवादीको संलग्नताको तह र अवस्था हेर्दा थुनामै राख्नुपर्ने अपरिहार्य अवस्था नदेखिएको उल्लेख गरेको छ । साथै सोही मुद्दामा शेखर गोल्छा र शुभेच्छा खरेल धरौटी तथा तारेखमा छुटिसकेको अवस्थालाई समेत आधार बनाइएको छ ।

यससँगै विशेष अदालतको २०८३ साउन २८ गतेको थुनछेक आदेश बदर भएको छ भने रोहित गुप्ताले तोकिएको धरौटी बुझाएपछि रिहा भएर मुद्दा सामना गर्न पाउने भएका छन् ।