काठमाडौँ । सरकारले पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा भासिएको सडक निर्माणको काम सुरु भएको जनाएको छ ।
पहिरो पन्छाउने कार्य अगाडि बढेको जनाएको छ । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले पहिरोको दुवै छेउबाट १८ जना परिचालन गरी रुख कटानको काम भइरहेको जानकारी गराएका हुन् ।
उनले भनेका छन्,“पहिरो पन्छाउन आवश्यक निर्माण उपकरणहरू दुवै छेउमा तयारी अवस्थामा राखिएका छन् ।”
रुख कटानको काम सम्पन्न हुनासाथ उपकरणहरू परिचालन गरी पहिरो पन्छाउने कार्य सुरु गरिने मन्त्री लम्सालको भनाई छ । उनले भनेका छन्,“सडक सञ्चालनलाई प्राथमिकतामा राखी काम तीव्र गतिमा अघि बढाइएको छ ।”
कृष्णभीरमा सडक भासिएपछि काठमाडौँ आउनेजाने यातायात अवरुद्ध भएका छन् । काठमाडौँ भित्रने र बाहिरिने गाडीले बैकल्पिक मार्ग प्रयोग गरिरहेका छन् ।


प्रतिक्रिया दिनुहोस्