हिमालयन रिइन्स्योरेन्सका अध्यक्ष उदयकुमार निरौलाको राजीनामा


काठमाडौँ । हिमालयन रिइन्स्योरेन्सका अध्यक्ष उदयकुमार निरौलाले पदबाट राजीनामा दिएका छन् ।

अध्यक्ष निरौलाले व्यक्तिगत कारण देखाई सञ्चालक समितिको अध्यक्ष र सञ्चालक पदबाट राजीनामा दिएका हुन् ।

अध्यक्ष निरौलाले साउन २९ गते नै राजीनामा दिएका थिए । उनको राजीनामा भदौ १० गते स्वीकृत गरिएको कम्पनीले जनाएको छ ।

निरौला वैशाख १३ गते मात्रै अध्यक्ष नियुक्त भएका थिए ।