प्रधानमन्त्री राहत कोषमा १० अर्बभन्दा बढी सङ्कलन,एनभिडियाका सिइओकोमात्रै डेढ अर्ब रुपैयाँ सहयोग


काठमाडौँ । प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा १० अर्ब रुपैयाँभन्दा बढी रकम सङ्कलन भएको छ ।

विनाशकारी भोटेकोशी बाढीपछि कोषमा १० अर्ब रुपैयाँभन्दा बढी सङ्कलन भएको अर्थ मन्त्रालयले जनाएको छ ।

बाढीप्रभावितका लागि एनभिडियाका प्रमुख कार्यकारी अधिकृत जेन्सन हवाङले १ करोड अमेरिकी डलर सहयोग गरेका छन् ।

यो सहयोगलाई अर्थमन्त्री डा. स्वार्णिम वाग्लेले ‘अभूतपूर्व’भनेका छन् ।

हवाङको सहयोगसँगै प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा १० अर्ब भन्दा बढी रकम सङलन भएको अर्थ मन्त्रालयको भनाई छ ।