काठमाडौँ । शुक्रबार छापावाल सुनको मूल्य तोलामा २ हजार ५०० रूपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार विहीबार प्रतितोला ३ लाख ४ हजार ९०० रूपैयाँ रहेको छापावाल सुनको मूल्य शुक्रबार ३ लाख ७ हजार ४०० रूपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै, चाँदीको मूल्य प्रतितोला ४० रूपैयाँले बढेर ४ हजार ७६५ रूपैयाँमा कारोबार भइरहेको छ ।


प्रतिक्रिया दिनुहोस्