भोटेकोशी बाढी अपडेट : मृतकको सङ्ख्या १ हजार ३४४ पुग्यो


काठमाडौँ । भोटेकोशी नदीमा आएको भीषण बाढीमा परी मृत्यु हुनेको सङ्ख्या एक हजार ३४४ पुगेको छ ।

नेपाल प्रहरीले आज बिहान सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कअनुसार मृतकको सङ्ख्या एक हजार ३४४ पुगेको छ ।

अहिलेसम्म ५२ बालक, ३३ बालिका, २६९ महिला, ४८९ पुरूषको शव फेला परेको र आंशिक अङ्ग फेला परेका ५०१ शव रहेको प्रहरीले जनाएको छ । चार हजार ८९८ जना सम्पर्कविहीन रहेका छन् ।

अहिलेसम्म आठ हजार ६३१ जना बाढी प्रभावितको उद्धार गरिएको तथ्याङ्कमा उल्लेख छ ।