काठमाडौँ । बाढी तथा पहिरोबाट क्षति पुगेको माथिल्लो ईङ्वा हाइड्रोपावर लिमिटेडको उत्पादन पूर्णरूपमा सुरु भएको छ ।
मर्मतपछि माथिल्लो ईङ्वा खोला साना जलविद्युत् आयोजना दोस्रो युनिटबाट पुनः विद्युत् उत्पादन शुरू गरेको जनाएको छ । आयोजना ९.७ मेगावाट क्षमताको छ ।
पाँचथर र ताप्लेजुङ जिल्लामा पर्ने ईङ्वा खोलामा सञ्चालित उक्त आयोजनामा २०८३ साल जेठ ९ गते बिहान अविरल वर्षासँगै आएको बाढी तथा पहिरोका कारण इन्टेक, पाइपलाइन, पावरहाउस तथा प्रसारण लाइन लगायतका संरचनामा ठुलो क्षति पुगेको थियो । त्यसपछि आयोजना पूर्ण रूपमा बन्द भएको थियो ।
क्षतिग्रस्त संरचनाको मर्मत तथा पुनःस्थापना कार्य सम्पन्न भएपछि पहिलो चरणमा आयोजनाको युनिट–१ गत साउन २१ गतेदेखि सञ्चालनमा आएको थियो भने युनिट–२ पनि भदौ २३ गते साँझ ४ः२० बजेदेखि विद्युत् उत्पादनमा जोडिएको कम्पनीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्