काठमाडाैँ । काठमाडौँ महानगरपालिकाले उपत्यकामा रात्रिकालीन सार्वजनिक यातायात सेवा विस्तार गर्न भक्तपुरका स्थानिय तहलाई प्रश्ताव गरेको छ ।
काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले भक्तपुरको भक्तपुर नगरपालिका र मध्यपुर थिमी नगरपालिकालाई उक्त प्रश्ताव गरेकी हुन्।
काठमाडौँ र ललितपुरका स्थानीय तहले सञ्चालन गरेको रात्रिकालिन यातयात सेवामा जोडिन उनले भक्तपुरका स्थनीय तहलाई पनि आग्रह गरिन् ।
उनकाअनुसार गत वैशाख १ गतेदेखि काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका, बुढानिलकण्ठ नगरपालिका र चन्द्रागिरी नगरपालिकाको सहकार्ययमा साझा यातयातले रात्रिकालिन यातयात सेवा सञ्चालन भइरहेको छ ।
रात्रिकालीन बस सेवा काठमाडौँ बाहिरका क्षेत्रमा विस्तार गर्नुपर्ने माग बढेको उहाँले बताउनु भयो । अब सेवा विस्तारका लागी भक्तपुरका स्थानीय तहहरुले पनि साझेदारी गर्नुपर्ने उनको भनाइ छ ।
श्रमिक तथा मध्यम वर्गको लागि रात्रिकालिन वस सेवा अत्यावश्यक देखिएको उनले बताए । प्रारम्भिक चरणमा यातयात सेवा संचालनमा केही घाटा देखिएको उनले बताए ।
त्यसलाई सबै स्थानीय तहले व्यहोर्नेगरी सेवा सञ्चालन गर्न उनले जोड दिए । रात्रिकालीन सार्वजनिक यातायात सेवा सञ्चालन हुने सबै स्थानीय तहबीच वित्तीय साझेदारी गरेर सेवालाई दीर्घकालिन सञ्चालन गर्नुपर्ने बताइन् ।
यातयात सेवालाई दिगो बनाउनसकेमा यात्रु संख्या बढ्ने उनको भनाइ छ । श्रमिक वर्गलाई लक्षित गरी सेवा सञ्चालन भएकाले स्थानिय तहले नै वित्तिय साझेदारी गर्नुपर्ने देखिएको बताइन् । सेवा सञ्चालन हुने पालिकाहरूले लागत साझेदारी गरेमा कुनै एक स्थानीय तहमा मात्र आर्थिक भार नपर्ने उनको भनाइ छ ।
उनले रात्रिकालीन सार्वजनिक यातायातलाई स्थानीय तहबीच समझदारी गरेर दीगो संचालन गर्नुपर्नेमा जोड दिइन् ।
उनका अनुसार काठमाडौं उपत्यकाका विभिन्न स्थानीय तह जोडिने रुटमा सेवा विस्तार गर्दा काठमाडौं, ललितपुर, कीर्तिपुर, चन्द्रागिरि, भक्तपुर, ठिमी, सूर्यविनायकलगायत पालिकाले लागत साझेदारी गर्न सक्नेछन् । उनले रात्रिकालीन सेवा विस्तारमा भक्तपुरका स्थानीय तहलाई पनि साझेदारीका लागि विशेष आग्रह गरिन् ।
भक्तपुर नगरपालिकाका र मध्यपुर थिमी नगरपालिका दुवैले काठमाडौँ महानगरपालिकाको प्रश्तावलाई सकरात्मक भएको भन्दै साझेदारीको लागि ईच्छुक रहेको जनाएका छन् ।
असोज ३ गतेदेखि काठमाडौँ उपत्यकामा २८ वटा रात्रि बसले ६ वटा नयाँ रुटमा सेवा दिने गरि तयारी थालिएको छ । सेवालाई भक्तपुरमा पनि जोड्न काठमाडौं महानगरले विशेष पहल थालेको हो ।
असोज ३ गतेदेखि उपत्यकाको उत्तर दक्षिण र पूर्वपक्षिम दुवै भागलाई जोड्ने गरी सेवा थालनी गर्न लागिएको हो ।
यसअन्तर्गत गोदावरीदेखि बुढानीलकण्ठसम्म ६ वटा, भक्तपुरको जगातीदेखि रत्नपार्क हुँदै ठमेलसम्म ६ वटा, एअरपोर्टदेखि चन्द्रागिरीको नागढुङ्गासम्म ४ वटा बस, कीर्तिपुरदेखि काठमाडौंको नयाँ सडक नेपाल वायुसेवा निगमसम्म ४ वटा र चक्रपथमा दुईतर्फी फन्को लगाउन ८ वटा बस सञ्चालन हुनेछन् ।
चक्रपथमा यातायात सेवा प्राप्त भएपछि एक ठाउँमा बस परिवर्तन गर्दा सेवा सञ्चालन गरेका हरेक ठाउँमा पुग्न सकिनेछ । यसरी यात्रा गर्दा अधिकतम ८० रुपियाँ भाडा लाग्नेछ ।


प्रतिक्रिया दिनुहोस्