काठमाडाैँ । आगामी माघ ३, ४ र ५ गते ‘हिमालयन ग्रिन इनर्जी एक्स्पो २०२७’ आयोजना हुने भएको छ । नेपालका निजी ऊर्जा उत्पादकहरूको छाता संस्था स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) र ईभेन्ट्स सोलुसन प्रा.लि.को संयुक्त आयोजनामा एक्स्पो हुन लागेको हो ।
एक्स्पो काठमाडौँको भृकुटीमण्डपमा आयोजना हुने इप्पानका अध्यक्ष मोहनकुमार डाँगीले बताए । ललितपुरमा आयोजित विशेष पत्रकार सम्मेलनमा अध्यक्ष डाँगीले यस पटकको एक्स्पो ‘उत्थानशिल ऊर्जा, समृद्ध नेपाल’ भन्ने मूल नाराका साथ सञ्चालन गरिनेछ ।
नेपालको वर्तमान विद्युत जडित क्षमता करिब ४ हजार ३०० मेगावाट पुगिसकेको र त्यसमा निजी क्षेत्रको हिस्सा ८० प्रतिशतभन्दा बढी रहेको सन्दर्भमा सरकारले अघि सारेको १० वर्षे ऊर्जा विकास मार्गचित्र (सन् २०३५ सम्म ३० हजार मेगावाट उत्पादन) हासिल गर्न आवश्यक स्वदेशी तथा विदेशी लगानी र प्रविधि जुटाउन यो एक्स्पोले ऐतिहासिक सेतुको भुमिका खेल्ने बताए ।
अध्यक्ष डाँगीले पछिल्ला वर्षहरूमा इलाम, संखुवासभा, लमजुङ, भोटेकोशी र त्रिशूली नदी बेसिनमा आएका आकस्मिक बाढी, पहिरो तथा गेग्रान बहावले जलविद्युत आयोजनाहरूमा ठूलो क्षति पु¥याएको स्मरण गराए ।
प्रदर्शनीमा नेपालसहित भारत, चीन, क्यानडा, नर्वे, दक्षिण कोरिया, जर्मनी, अस्ट्रिया, बुल्गेरिया, चेक रिपब्लिक, इटली, स्वीडेन, बेलायत र ब्राजिललगायत १५ भन्दा बढी देशका ऊर्जा कम्पनी, लगानीकर्ता, इन्जिनियरिङ कन्सल्टेन्ट र बैंक तथा वित्तीय संस्थाहरूको सहभागिता रहनेछ । उहाँले देशभर हाल करिव ६ हजार ४ सय मेगावाट बराबरका आयोजना निर्माणाधिन रहेको बताए ।
यि आयोजनाबाटत करिव ५ लाख मानिस प्रत्यक्ष रुपमा रोजगारीमा संलग्न रहेको जिकिर गरे । मेलाले नयाँ पुस्तालाई ऊर्जा उत्पादनबारे जानकारी र व्यावहारिक ज्ञान दिन हाइड्रोपावरका विभिन्न मोडल, प्रविधि प्रदर्शन तथा आयोजना र साइट भ्रमणका कार्यक्रम पनि राख्न सकिने बताए । यसले युवालाई ऊर्जा क्षेत्रमा आकर्षित गर्नुका साथै नेपालमा ऊर्जा उत्पादन कसरी हुन्छ भन्नेबारे बुझ्ने अवसर प्रदान गर्ने उनको भनाइ छ ।
प्रदर्शनीका क्रममा सुरुङ खन्ने टनेलिङ उपकरण, रक मेकानिक्स र हेभी हेभी मेसिनरीको विशेष शोकेस, उपत्यकामा १०० भन्दा बढी विद्युतीय सवारीको भव्य ¥याली, भारत र बंगलादेशसँगको १० हजार मेगावाट विद्युत् व्यापार तथा प्रशारण लाइन विस्तारसम्बन्धी उच्चस्तरीय नीतिगत छलफल, ठूला ब्याट्री भण्डारण प्रणाली र ग्रीन हाइड्रोजन प्रविधिको सम्भाव्यता प्रश्तुति, युवा इन्जिनियर तथा नवप्रवर्तकहरूका लागि ५ लाख नगद पुरस्कारसहितको स्वच्छ ऊर्जा प्रतिष्पर्धा, इप्पान डे गाला डिनर तथा ऊर्जा सम्मानः माघ ४ गते इप्पानको २६ औं स्थापना दिवसका अवसरमा आयोजना हुने विशेष समारोह सञ्चालन हुनेछ ।


प्रतिक्रिया दिनुहोस्