काठमाडाैँ । अविरल वर्षाका कारण कान्ति राजमार्गमा विभिन्न तीन स्थानमा पहिरो जाँदा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । सडकको उचित निकास नहुँदा पहाडी भिरालोबाट बगेको पानी सिधै सडकमा पस्दा सडकको पिच उप्किने र ग्याबिन पर्खालसमेत जोखिममा पर्ने देखिएको हो ।
कान्ति राजमार्गमा देखिएको पछिल्लो सडक अवरोधले स्थानीयवासी र यात्रुलाई सास्ती दिएको छ । सडक निर्माणका क्रममा आवश्यक पर्ने पानी निकासको दिगो प्रवन्ध नहुँदा सामान्य वर्षामा समेत ठूलो क्षति व्यहोर्नुपर्ने अवस्था आएको हो ।
सडकको माथिल्लो भागबाट आएको भलपानी नाली हुँदै सुरक्षित स्थानमा लैजानुको साटो सडकको पिचमै बग्न दिइएको छ । सडक किनारमा रहेका ग्याबिन पर्खालहरू पानीको तिब्र बहावका कारण कमजोर बनेका छन् ।
सडक सुरक्षाका लागि अपनाउनुपर्ने प्राविधिक मापदण्डहरू पालना नहुँदा र समयमा मर्मतसम्भार नहुँदा कान्ति राजमार्ग बारम्बार अवरुद्ध हुने गरेको छ ।


प्रतिक्रिया दिनुहोस्