भोटेकोसी जलप्रलयमा परेर ५२८५ जना सम्पर्कविहीन, १४५१ को शव भेटियो


काठमाडौँ । भोटेकोसी जलप्रलयमा परेर पाँच हजार २८५ जना सम्पर्कविहीन भएको र हालसम्म एक हजार ४५१ जनाको शव भेटिएको तथ्याङ्क सार्वजनिक भएको छ ।

उपचारका क्रममा दुई जनाको मत्यु भएको सरकारले जनाएको छ । १३ हजार ७९५ जनाको उद्धार भएको छ । तीमध्ये नुवाकोटमा १८७, रसुवामा ८०५ र धादिङमा १२१ जना गरी एक हजार ११३ जना २१ वटा होल्डिङ सेन्टरमा आश्रय लिइरहेका छन् ।

दुई हजार ६० जनाको डिएनए नमूना सङ्कलन गरिएको छ । बाढीमा घाइते भएका सात जनाको उपचार जारी छ भने सुरक्षा निकायमार्फत १० हजार ९८८ जनाले स्वास्थ्य उपचार सेवा लिएका छन्।