कालीगण्डकी बाढी : फर्सेका ८० घर बगे


काठमाडौँ । कालीगण्डकी नदीमा आएको बाढी बस्तीमा पस्दा पर्वतमा ८० घर बगेका छन्। पर्वतको जलजला गाउँपालिका–८ फर्सेमा नदीको बाढी पसेपछि ८० भन्दा धेरै घर बगेको शसस्त्र प्रहरी बल पर्वतले जनाएको छ ।

आइतबार बिहान करिब ८ बजे नदीको बहाव बढेर बस्तीमा पसेको थियो। नदिको वहावले बाँकी घरहरू पनि उच्च जोखिममा रहेको प्रहरीले जनाएको छ।

घटनामा हालसम्म कुनै पनि मानवीय क्षति भने नभएको शसस्त्र प्रहरीका हवल्दार ठाकुर पौडेलले बताए। समयमै सतर्कता अपनाउँदै बस्तीका सबै स्थानीय बासिन्दालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको उनको भनाइ छ।

अहिले शसस्त्र प्रहरीको टोली पनि घटनास्थल तर्फ गइरहेको हुँदा विस्तृत विवरण आउन बाँकी रहेको पौडेलले बताए ।