आजका लागि विदेशी मुद्राको विनिमयदर तय


काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर तय गरेको छ ।

आज अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १५३ रुपैयाँ ६४ पैसा, युरोपियन युरो एकको खरिददर १७३ रुपैयाँ ८८ पैसा र बिक्रीदर १७४ रुपैयाँ ५६ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०३ रुपैयाँ २८ पैसा र बिक्रीदर २०४ रुपैयाँ ०७ पैसा छ ।

अस्ट्रेलियन डलर एकको खरिददर १०६ रुपैयाँ ७० पैसा र बिक्रीदर १०७ रुपैयाँ १२ पैसा, जापानी येन १० को खरिददर नौ रुपैयाँ ७५ पैसा र बिक्रीदर नौ रुपैयाँ ७९ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ८३ पैसा र बिक्रीदर २२ रुपैयाँ ९२ पैसा विनिमय दर निर्धारण गरिएको छ ।

साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ ७६ पैसा र बिक्रीदर ४० रुपैयाँ ९२ पैसा, कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ ९९ पैसा र बिक्रीदर ४२ रुपैयाँ १५ पैसा, युएई दिराम एकको खरिददर ४१ रुपैयाँ ६७ पैसा र बिक्रीदर ४१ रुपैयाँ ८३ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ ५३ पैसा र बिक्रीदर ३७ रुपैयाँ ६८ पैसा छ ।

यस्तै कुवेती दिनार एकको खरिददर ४९७ रुपैयाँ १३ पैसा र बिक्रीदर ४९९ रुपैयाँ ०७ पैसा, बहराइन दिनार एकको खरिददर ४०५ रुपैयाँ ९४ पैसा बिक्रीदर ४०७ रुपैयाँ ५३ पैसा, ओमनी रियाल एकको खरिददर ३९७ रुपैयाँ ५१ पैसा र बिक्रीदर ३९९ रुपैयाँ ०७ पैसा विनिमय दर तोकिएको राष्ट्र बैंकले जनाएको छ ।