काठमाडौँ । लक्ष्मी सनराइज क्यापिटल लिमिटेडले प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा कम्पनी तथा कम्पनीमा कार्यरत कर्मचारीहरुका तर्फबाट २१ लाख ५७ हजार ४१८ रूपैयाँ सहयोग गरेको छ ।
गत भदौ १० गते रसुवा लगायतका क्षेत्रमा गएको बाढीबाट प्रभावित नागरिकहरुको राहत तथा पुनस्र्थापनाका लागि सहयोग गरेको हो ।
भोटेकोशी तथा आसपासका क्षेत्रमा आएको बाढीेका कारण प्रभावित नागरिकहरुको आवश्यकता सम्बोधन गर्न, राहत तथा उद्धारका प्रयासमा सहयोग पु¥याउन र प्रभावित समुदायको पुनस्र्थापनामा योगदान गर्ने उद्देश्यले उक्त सहयोग प्रदान गरिएको हो ।
विपद्को यस कठिन परिस्थितिमा सहयोगी समुदायप्रति ऐक्यबद्धता व्यक्त गर्दै लक्ष्मी सनराइज क्यापिटलले आफ्नो सामाजिक उत्तरदायित्व बहन गर्न तथा कर्मचारीहरुको व्यक्तिगत योगदानबाट संकलन गरी उक्त रकम राहत कोषमा जम्मा गरिएको जनाएको छ ।
.


प्रतिक्रिया दिनुहोस्