काठमाडौँ । नेपाली कांग्रेसले शासकीय असक्षमताको पहिलो असर अर्थतन्त्रमा पर्ने भन्दै सरकारलाई सचेत गराएको छ ।
प्रतिनिधि सभाको बैठकमा बोल्दै आज नेपाली कांग्रेस संसदीय दलका नेता भिष्मराज आङ्देम्बेले भने,“ देशको अर्थतन्त्र सरकारको भाषणले आश्वासन या कोरा योजनाले होइन, नागरिक कस्तो जीवनयापन गरिरहेका छन् भन्ने विषयले स्पष्ट पार्छ ।”
उनले सरकारको वास्तविक आर्थिक नीति, गति र गन्तव्य उज्यालो नभएको उनले टिप्पणी गरे । सरकारले उच्च र अविश्वसनयि आर्थिक वृद्धिको लक्ष्य राखे पनि विश्व बैंकले अप्रिल २०२६ मा नेपालको आर्थिक वृद्धिदर आर्थिक वर्ष २०२५÷२६ मा २.३ प्रतिशतमा सीमित हुने प्रक्षेपण गरेको स्मरण गराउँदै यो पनि निजी क्षेत्रको नेतृत्वमा हुने वृद्धि, पूर्वाधार, लगानी र व्यवसायिक वातावरणमा सुधार आवश्यक रहेको उल्लेख गरे ।
उनले भने,“यसको अर्थ स्पष्ट छ । सरकारले अर्थतन्त्रको मेरूदण्ड रहेका क्षेत्रहरूमा हुकमी डण्डा लगाएर, तर्साएर, थुनेर चलाउन सक्दैन । विश्वासको वातावरण बनाएर चलाउनुपर्छ ।”
निजी क्षेत्रले सरकारलाई साझेदार ठान्यो कि नियामक मात्र ? भन्दै नेता आङ्देम्बेले समान्य कानुनको प्रयोगमा निजी क्षेत्रप्रति सरकार कुनै अपराधीलाई झैं व्यवहार गरिरहेछ भनेर प्रश्न गरे ।
उनले भने,“निजी क्षेत्रलाई राज्यले व्यवस्थित,उत्प्रेरित र सम्मानित गर्दै जानु राज्यको पहिलो कर्तव्य हुनुपर्नेमा हरपल होत्साह गर्ने, भयमा राख्ने किन गरिरहेको छ ?” उनले आकासिएको महङ्गीप्रति सरकार यति उदाशीन र बेखबर किन छ भन्दै प्रश्न गरे ।
उनले भने,“अस्वभाविक मूल्यवृद्धि र कालोबजारीका कारण आम जनतामा जीवन यापन कति दुरूह भएको छ ? नजिकिएको चाडबाड र विपद्ले क्षतिग्रस्त राजमार्गहरू टुटेको आवागमन सञ्जालप्रति सरकार किन संवेदनशील हुन सकिरहेको छैन ?”


प्रतिक्रिया दिनुहोस्