कति छ सुनचाँदीको मूल्य ?


काठमाडौँ । शुक्रबार छापावाल सुनको मूल्य तोलामा एक हजार ५०० रूपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार विहीबार प्रतितोला २ लाख ९३ हजार ३०० रूपैयाँ रहेको छापावाल सुनको मूल्य शुक्रबार २ लाख ९४ हजार ८०० रूपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, चाँदीको मूल्य प्रतितोला २५ रूपैयाँले बढेर ४ हजार ४५० रूपैयाँमा कारोबार भइरहेको छ ।